बिटी कपमा दोस्रो चरणका खेल सुरु

पाेखरा | माघ २५, २०८२

बिटी कपमा दोस्रो चरणका खेल सुरु PHOTO: SAGAR DEVKOTA

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ ।

 

बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार दोस्रो चरणका ८ खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।

 

उनका अनुसार दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच भएको पहिलो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा दीपले ३–२ गोल अनतरले पराजित गर्याे ।

 

यस्तै दोस्रो खेलमा आयोजक बिटी टिम ‘ए’ ले एनएएफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । आयोजकको जीतमा विकास साईले निर्णायक गोल गरे ।

 

यस्तै त्रिशक्ति युवा क्लब लाहाचोक र मार्सल ह्वाइटबीच भएको तेस्रो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा लाहाचोकले ४–३ गोल अनतरले हरायो ।

 

मार्सल ब्ल्याक र एट टु नाइनबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले जीत निकाल्यो ।

 

रामघाट ग्रीन र बानियाँ ब्रदर्शबीच भएको पाँचौ खेल पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रामघाट ग्रीनले ३–२ को गोल अन्तरले पराजित गर्याे । 

 

छैटौं खेलमा रामघाट ह्वाइटले तालपारी एफसीलाई २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा मनिष तामाङले २ गोल गरे भने, तालपारीका लागि निखिल रानाले सान्त्वना १ गोल गरे ।
 

 

सातौ खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ ले  मसिना एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । लामागाउँको जीतमा युनिक तामाङ र दिवस छन्त्यालले समान १/१ गोल गरे । 

 

आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’ ले बेस्ट ब्वाइज भिमादलाई २–० गोल अन्तरले हरायो । 

 

लामागाउँको जीतमा सँगम गुरुङ र एलिश तामाङले समान १/१ गोलको योगदान दिए ।

 

सोमबार पनि बिहान ८ बजेबाटै दोस्रो चरणकै खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । 

 

प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्